
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–४ मा सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय २० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । चिसोको समयमा न्यानो कपडा पाएपछि विद्यार्थी खुशी भएका छन् ।
मालारानी –४ का ३ विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षकलाई न्यानो पोशाक वितरण गरिएको हो । मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले न्यानो ट्र्याकसुट सेट वितरण गर्नुभएको हो ।
किरण माध्यमिक विद्यालय निन्युखर्कका दुई सय ५० विद्यार्थी, १७ शिक्षक, जाँलकाँडा आधारभूत विद्यालय थामका ५० विद्यार्थी, सात शिक्षक र सार्वजनिक आधारभूत विद्यालय ब्याडपाटाका २० विद्यार्थीलाई न्यानो पोशाक प्रदान गरिएको हो ।
‘किरण मावि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले विद्यार्थीहरुलाई न्यानो पोशाक सरकारले दिनुपर्छ’ भन्नुभयो । कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक विद्यार्थीलगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कैलाश–मानसरोवरसम्मको अविस्मरणीय यात्रा
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- उपराष्ट्रपति यादव र भियतनामकी समकक्षी सुआनबीच भेटवार्ता
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल