
कञ्चनपुर । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड अत्तरियाले महेन्द्रनगरस्थित महाकाली नदीमा कलर कोडसहितको गेज मिटर स्थापना गर्ने भएको छ ।
बाढीको पूर्वसूचनाका लागि गेज मिटर जडान गर्न लागिएको हो । \महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार शाहका अनुसार स्थानीय पालिका र गैरसरकारी संस्थाको सहकार्यमा गेज मिटर स्थापनाको कार्यअघि बढेको हो ।
‘कलर कोडसहितको गेज मिटर स्थापनाको काम शुरु गरिसकेका छौँ एक÷दुई दिनभित्रै काम सकिन्छ’ शाहले भन्नुभयो– ‘कलर कोडसहितको गेज मिटरले यहाँका स्थानीयले सजिलैसँग नदीको जलस्तर थाहाँ पाउनेछन् ।’
उहाँका अनुसार मिटरले नदीको सतहअनुसार बाढीको जोखिम सङ्केत गर्न हरियो, पहेँलोे, सुन्तला र रातो रङमार्फत जानकारी दिनेछ । ‘यसबाट तटीय क्षेत्रका जनताले विपद्को पूर्वतयारी गर्न सजिलो हुनेछ’ उहाँले भन्नुभयो– ‘यसले यहाँका जनताले सजिलैसँग आफ्नो आखाँले हेरेर तुरुन्त बाढीको जोखिमबारे थाहा पाउने र सुरक्षित स्थानमा जान सजिलो हुने गरी काम गरेका छौँ ।’ उहाँले हरियो रङले न्यून जोखिमलाई जनाउने र पहेँलो रङले चेतावनी तह पुग्दैछौँ भन्ने जानकारी दिने बताउनुभयो ।
त्यसैगरी सुन्तला रङले अब खतराको नजिक पुग्दै छौँ भन्ने सङ्केत गर्नेछ भने रातो रङले अब खतराको सङ्केत दिने उहाँले बताउनुभयो । उहाँका अनुसार दोधारा चाँदनीको कुतियावरस्थित महाकाली नदीमा समेत कलर कोडसहितको गेज मिटर स्थापनाका लागि अध्ययन भइरहेको छ ।
कुतियाकवर बाढीबाट सबैभन्दा बढी प्रभावित हुने क्षेत्र हो । दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले गेज मिटरले पुलबाट हिँड्ने व्यक्तिले सहज रूपमा देख्न र बुझ्नसक्ने बताउनुभयो । ‘भीमदत्त र दोधारा चाँदनीका मानिस हिँड्ने मुख्य बाटो महाकाली पुल भएकाले यहाँ स्थापना भएको गेज मिटरले यहाँका जनताले सजिलै पानीको सतह थाहा पाउनेछन’ उहाँले भन्नुभयो – ‘यसले पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्न र विपद् जोखिम न्यूनीकरणमा सहयोग पुग्छ ।’
कलरकोडसहितको गेज मिटरले बाढीको पूर्वतयारीमा लाग्न सहज हुने तटीय क्षेत्रका स्थानीय बताउँछन । ‘जल तथा मौसम विज्ञान विभागले सामाजिक सञ्जालमा दिने मौसमको पूर्वाअनुमान बुलेटिन र मोबाइलमा आउने सूचनाले बाढीको जोखिमबारे थाहा पाउछौँ’ यहाँका स्थानी रमेश कडायतले भन्नुभयो– ‘अब रङ हेरेर थाहा पाइने भएपछि पूर्व तयारीमा लाग्न सजिलो हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै