
रुपन्देही । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही ल्याइएको छ । लामिछानेलाई बयानका लागि रुपन्देही ल्याइएको हो । उहाँलाई पोखराबाट बुद्ध एयरको जहाजमार्फत ल्याइएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगीमा लामिछानेको संलग्नता रहेको आरोप छ । उक्त प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएको थियो ।
लामिछानेलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै रुपन्देही ल्याउँदा विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका थिए । विमानस्थल, जिल्ला प्रहरी कार्यालय, अदालत र सरकारी वकिलको कार्यालय वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
यसअघि सहकारी हिनामिना प्रकरणमा पूर्वडिआइजी छविलाल जोशीलाई पनि बुटवल पुर्याएर बयान लिइएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित