
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का २१ वर्ष पुराना परीक्षार्थीहरुका लागि मौका परीक्षाको आवेदन खुला गरेको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार २०५६ देखि २०७७ सालसम्मका पुराना आंशिक तथा ग्रडवृद्धि परीक्षार्थीका लागि यो मौका परीक्षा खुलाइएको हो ।
उहाँका अनुसार कक्षा ११ र १२ को अङ्कन प्रणालीको परीक्षामा सहभागी भइ कुनै विषयमा अनुत्तीर्ण वा अनुपस्थित भएको वा अक्षराङ्कन पद्धतिमा तोकिएको ग्रड प्राप्त गर्न नसकेका जम्मा विद्यार्थी सङ्ख्या १४ लाख रहेको छ ।
परीक्षा नियन्त्रक शर्माले भन्नुभयो, “उच्च माध्यामिक शिक्षा परिषद् गठन भएपछि २०५५ सालदेखि नयाँ पाठ्यक्रम लागू भयो र २०५५ देखि २०७७ सम्म पुरानै प्रणालीबाट परीक्षा भइरहेको थियो । २०७८ सालदेखि नयाँ पाठ्यक्रम लागू भइसकेको विद्यार्थीले अहिले वार्षिक परीक्षामै जाँच दिन पाउँछन् ।”
उहाँका अनुसार धेरै विद्यार्थीले मौका परीक्षा दिने निवेदन आएकाले बोर्डले पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिन आवेदन खुलाउने निर्णय गरेको हो ।
उहाँले भन्नुभयो, “विद्यार्थीहरु धेरैले हामी जाँच दिन चाहन्छौं, मौका परीक्षा दिन पाउनपर्यो भनेर हामीकहाँ धेरै निवेदनहरु आए । तत्पश्चात् २०५६ देखि २०७७ सालसम्मका विद्यार्थीलाई यो पटक मौका परीक्षा दिने निर्णय गर्यौं । त्यस्ता विद्यार्थी करिब १४ लाख छन् ।”
उहाँले हाल मौका परीक्षाका लागि आवेदन खुलाइएकोमा विद्यार्थीको सङ्ख्याको आधारमा परीक्षा सञ्चालनका लागि मिति तय हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहिलो चरणमा हामीले १४ लाखको आवेदन फाराम मागेका छौं । १४ लाख नै आए भने व्यवस्थापन गर्न गाह्रो हुन्छ । सामान्यतया, चार, पाँच लाखसम्म हामीले व्यवस्थापन गर्न सक्छौं । चार–पाँच लाख विद्यार्थी आए भने यही माघमा परीक्षा लिने । यो भन्दा बढी आए तीन चरणमा परीक्षा लिन्छौं । पहिलो चरणमा माघमा, दोस्रो चरणमा वैशाखमा र बाँकी तेस्रो चरण मङ्सिरमा लिन्छौं । त्यो तीन चरणमा हुन्छ ।’’
कति परीक्षार्थीले आवेदन दिन्छन् भन्ने आधारमा चरणबद्धरुपमा परीक्षाको मिति तय हुन सक्ने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित