
विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न नदिइने स्पष्ट पार्नुभएको छ । विराटनगरस्थित होटल ह्यारिसनमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले औद्योगिक क्षेत्र निर्वादरूपमा सञ्चालने हुने विश्वास दिलाउनुभयो ।
उद्योगहरूमा काटिएका बिजुली लाइन नजोडिएको सम्बन्धमा पत्रकारहरूले राखेको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “कुनै पनि हालतमा देश बिगार्न नदिन्न, उद्योगधन्दा निर्वादरूपमा सञ्चालन हुनुपर्छ ।”
प्रदेश सरकारले विकासको कामसँगै सुशासनका क्रियाकलापलाई पनि निरन्तर अगाडि बढाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले संविधान संशोधन संसद्ले गर्ने भएकाले सोहीअनुसार प्रक्रिया सुरु हुने स्पष्ट पार्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित