
काठमाडौँ । इजरायल-हमास युद्धका कारण गाजा क्षेत्रमा भइरहेको नरसंहारका विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । नागरिक समाज, राजनीतिक दलका नेता कार्यकर्ता र मानव अधिकारवादीहरूले सोमबार काठमाडौँको शान्तिवाटिकामा जम्मा भएर र्यालीसहित गाजा क्षेत्रमा इजरायलले गरिरहेको नरसंहारको विरोध गरेका छन् ।
प्रदर्शनमा सहभागिहरुले इजरायल र प्यालेस्टाइनको इतिहासमै नभएको नरसंहार अहिले भइरहेको भन्दै त्यसलाई तत्काल रोक्नका लागि समेत अपिल गरेका छन् । सोमबार विरोध र्यालीसहित शान्तिवाटिकाबाट इजरायली दूतावास लाजिम्पाट पुगेर त्यसबारे ज्ञापनपत्र बुझाउने कार्यक्रम भएपनि प्रहरीको अवरोधका कारण विरोध र्याली लाजिम्पाटतर्फ भने जान पाएन । आफूहरूले मानव अधिकारकोविरुद्ध गाजामा भइरहेको जनसंहारका विरुद्ध तत्काल युद्धविराम र गाजामा लगाइएको नाकाबन्दी खोलेर जनजीवन सामान्य बनाउन अपिल गरेको संयुक्त अभियानका संयोजक श्याम श्रेष्ठले बताउनुभयो ।
गतवर्ष इजरायलमा हमासको आक्रमणपछि इजरायलले गाजा क्षेत्रमा निरन्तर हमला गर्दै आएको छ । इजरायली आक्रमणका कारण अहिलेसम्म ४४ हजारभन्दा धेरै प्यालिस्टिनीहरूले ज्यान गुमाइसकेका छन् । संयुक्त राष्ट्र संघको अध्ययन अनुसार त्यसमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित