+

डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ महशुल १५ दिनभित्र उठाउने निर्णय

काठमाडौँ । लामो समयदेखि विवादमा रहेको ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महशुल बक्यौता ‘टाइम अफ डे’ (टिओडी)  मिटरका आधारमा उठाउने निर्णय सरकारले गरेको छ ।

आज मन्त्रिपरिषद्को हिजोको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले १५ दिनभित्र विद्युत् महसुल बक्यौता उठाउने र बक्यौता नतिरेका उद्योगका काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय भएको बताउनुभयो ।

‘डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकले खपत गरेको विद्युत्को बक्यौता रकम ९टिओडी मिटरसमेतको आधारमा० महसुल निर्धारण तथा असुलीसम्बन्धी तत्काल प्रचलित कानुनबमोजिम गणना गरी पन्ध्र दिनभित्र असुलउपर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गर्ने गराउने निर्णय भएको छ’  सञ्चारमन्त्री गुरुङले भन्नुभयो– ‘डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकको विद्युत् महशूलसम्बन्धी विवादका कारण विद्युत् आपूर्ति बन्द हुँदा उत्पादन घट्न गएको, उद्योगमा कार्यरत श्रमिकहरूको रोजगारीमा प्रत्यक्ष असर परेको एवं समग्र अर्थतन्त्रमा प्रभाव परेको हुँदा यसरी विद्युत् आपूर्ति बन्द गरिएका उद्योगहरूमा २४ घण्टाभित्र विद्युत् लाइन जडान गर्ने व्यवस्था मन्त्रालयले मिलाउनुपर्नेछ ।’

मन्त्रिपरिषद्को २०८० साल पुस २४ को निर्णयअनुसार सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महशुलसम्बन्धी विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले २०८१ साल वैशाख २३ मा पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।

कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइएफएडी) मा नेपाल सरकारका तर्फबाट अमेरिकी डलर ७५ हजार योगदान भुक्तानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

त्यस्तै, स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीको राजीनामा स्वीकृत भएको गुरुङले जानकारी दिनुभयो । अछाम जिल्लाको साँफेबगर नगरपालिका–६ मा पर्ने साबिक माष्टमाण्डौँ गाविस–१ मा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न स्वीकृति दिने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले भन्सार महसुल नियमावली, २०८१ र राहदानी ९दोस्रो संशोधन० नियमावली, २०८१ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजना हुने ‘सिचुआन अन्तर्राष्ट्रिय शहर सहयोग र विकास सम्मेलन–२०२४’ मा सहभागी हुन लुम्बिनी प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

नेपाल सरकार र स्विडेन सरकारबीच सहकारीका क्षेत्रमा हुने द्विपक्षीय सम्झौता स्वीकृत गर्ने र त्यो सम्झौतामा नेपालका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न वन तथा वातावरण मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट