
काठमाडौँ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले बौद्धमार्गी विद्वानहरूलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्न आग्रह गर्नुभएको छ ।
भारत सरकारको आयोजनामा नयाँ दिल्लीमा सम्पन्न प्रथम ‘एशियन बुद्धिस्ट समिट– २०२४’ लाई बुधबार सम्बोधन गर्दै डा लामाले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विश्वका सबै बौद्धमार्गी विद्वानहरुको स्वागत गर्न लुम्बिनी विकास कोष आतुर रहेको बताउनु भएको हो ।
उहाँले विश्वमा शान्तिको सन्देश फैलाउन शान्तिका अग्रदूत गौतम बुद्धका सन्देश अहिले झन् सान्दर्भिक रहेकाले एशियन बुद्धिस्ट समिट र यस्तै कार्यक्रम आयोजना थप आवश्यक रहेको पनि चर्चा गर्नुभयो ।
उहाँले बुद्धका शान्ति र सहिष्णुता एवं सत्यसम्बन्धी सन्देश संसारभर फैलाउन र बौद्ध दर्शन र परम्पराबारे थप खोज अनुसन्धान आवश्यक रहेकामा पनि जोड दिनुभयो । यस्ता सम्मेलन एवं छलफल कार्यक्रमले विश्वमा बौद्ध दर्शन र सिद्धान्त प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास पनि कोषाध्यक्ष लामाले व्यक्त गर्नुभयो ।
उहाँले बौद्ध शिक्षाका माध्यमबाट एशिया क्षेत्रलाई अझ विकसित बनाउन सकिने धारणा राख्दै बुद्ध मार्गले कला, साहित्य, बास्तुकला र ध्यानका माध्यमबाट सम्पूर्ण एशियालाई नै एकताबद्ध गरेर जोडेको बताउनु भयो । विश्वमा र अझ बढी एशियाली मुलुकमा बुद्ध धर्म र बौद्ध शिक्षाको अनुशरण विभिन्न तरिकाबाट भइरहेको प्रसङ्ग पनि उहाँले उल्लेख गर्नुभयो ।
उहाँले लुम्बिनी विकास कोषले पनि बुद्ध धर्म र बौद्ध शिक्षालाई विशेष महत्व दिएर कार्यक्रम आयोजना गर्ने गरेको र यसलाई आगामी दिनमा निरन्तरता दिने धारणा राख्नुभयो । एशियाली बौद्ध सम्मेलनको आयोजना गरेकामा भारत सरकारलाई उहाँले विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।
आज सम्पन्न सम्मेलनमा नेपालसहित एशियाली देशका बौद्ध दर्शनमा आस्था राख्ने विद्वान एवं बौद्धमार्गीहरुको सहभागिता रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन