+

सुर्खेतमा वनभोजबाट फर्कँदै गरेको गाडी दुर्घटना, २६ जना घाइते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–७, कपासेमा वनभोज खाएर फर्कँदै गरेका यात्रु बोकेको फोर्स गाडी दुर्घटनामा परेको छ । 

सुर्खेतको छिन्चुबाट वनभोज खान वीरेन्द्रनगरको कटकुवा गएर फर्किँदै गरेका यात्रु बोकेको कर्णाली प्रदेश ०२–०१ ख ०१८८ नम्बरको फोर्स गाडी नेपाली सेनाको कालिबहादुर गणको मुल गेट नजिकको घुम्तीमा दुर्घटनामा परेको हो ।

बुधबार साँझ भएको उक्त दुर्घटनामा परी २६ जना घाइते भएका छन् । दुर्घटना लगत्तै कालीबहादुर गणबाट सेनानी कौशल कार्की र श्री नं‍. ४ फि ए गुल्मबाट प्राविधिक सह सेनानी डा. सचित थापाको कमाण्डमा खटिएको सेनाको टोलीले उद्धार गरी थप उपचारका लागि प्रदेश अस्पताल पठाइएको उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते २६ मध्ये दुईजनाको अवस्था गम्भीर छ । गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट