
भक्तपुर । भक्तपुरमा बस दुर्घटनामा १० जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ ।
चाँगुनारायण नगरपालिकाको तेलकोटबाट यात्रु बोकेर आएको प्रदेश–३–०१–००६ ख ०३१२ नम्बरको बसआज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना भएको हो । दुर्घटनामा १० जना यात्रु घाइते भएका छन् ।
नगरपालिका कार्यालयसँगै घुमाउनेमा तीव्र गतिमा आएको बस अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रमुख प्रदीप खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका प्रत्यक्षदर्शी गोकर्ण पुरीले बस दुर्घटनामा घाइतेको आफूहरुले उद्धार गरी एम्बुलेन्समा हालेर भक्तपुर अस्पताल पठाएको र अगाडि बस्ने दुईजनाको अवस्था भने गम्भीर रहेको जानकारी दिनुभयो ।
बस खम्बामा ठोक्किएर दुर्घटना हुँदा विद्युत्को खम्बा समेत भाँचिएको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित