
काठमाडौँ । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका दर्जनभन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको छ । राजनीतिक प्रतिशोध, अन्याय, बेथिति र भ्रष्टाचारविरुद्ध आज बालुवाटारमा रास्वपाले गरेको विरोध प्रदर्शनमा बालुवाटारनजिक नेपाल हाउसको अगाडिबाट प्रदर्शनकारीलाई पक्राउ गरेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ ।
शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्कासहित १७ जना पक्राउ गरेको उहाँको भनाइ छ ।
शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले गरेको यो दमन रपक्राउविरुद्ध घोर भर्त्सना गर्दै रास्वपाले शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने संवैधानिक हक हनन, लोकतान्त्रिक मूल्य–मान्यताको चरम उल्लंघन भएको जनाएको छ । यसका विरुद्ध डटेर शान्तिपूर्ण प्रदर्शनमा ऐक्यबद्धता गर्न रास्वापाले सबैलाई आग्रह समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित