+

टक्सार विभागमा असर्फी किन्नेको थामिनसक्नु भीड

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सुनको सिक्का (असर्फी) बिक्री गर्दैछ ।  काठमाडौँको बबरमहलस्थित टक्सार विभागबाट राष्ट्र बैंकले असर्फी र चाँदीको सिक्का बिक्री गरिरहेको छ ।

असर्फीका लागि सर्वसाधारण बिहान ६ बजेदेखि नै लाइनमा लागेका छन् । राष्ट्र बैंकले आज मात्र असर्फी बिक्री गर्न लागेको हो ।गुणस्तरीय सुन अभाव भएकाले थोरै असर्फी बनाइएको राष्ट्र बैंकले बताएको छ । यही कारण आज जो पहिले आउँछ उसैले पाउने गरी बिक्री गरिरहेको छ ।

राष्ट्र बैंकले गत आइतबारदेखि नै चाँदीका सिक्का बिक्री गरिरहेको छ । प्रतिव्यक्ति पाँच थान चाँदीको सिक्का बिक्री भइरहेको राष्ट्र बैंकले जनाएको छ । असर्फी आजमात्र वितरण गरिने भएपनि चाँदीका सिक्का भोली बुधबारसम्म बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।


मंगलबारदेखि सुरू भएको यमपञ्चक (तिहार)अन्तर्गत आज धन्तेरस मनाइँदैछ। धन्तेरसका दिन असर्फी राखेर पूजा गर्ने प्रचलन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट