
सल्यान । यहाँ भएको मिनी ट्रक दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । कपुर कोटको सिनबाङमा सोमबार भएको ट्रक दुर्घटनाका घाइते चालक २६ वर्षीय मान बहादुर भण्डारीको पनि मृत्यु भएको हो ।
दुर्घटना पछि गम्भीर घाइते उनलाई कपुर कोट आधारभूत अस्पतालबाट तत्काल रिफर गरिए पनि दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । यो सँगै मृतकको सङ्ख्या ४ पुगेको छ । अन्य ७ जना घाइते भएका छन् ।
सल्यानको कपुर कोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा स्थानीय १४ वर्षका गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी, १५ वर्षकी सिर्जना बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेसम खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते हुनेमा १३ वर्षीया खुमा बस्नेत, १३ वर्षीया सृजना बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जितसागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शंकर खडका, ३५ वर्षीय देवबहादुर बस्नेत र २२ वर्षीय हिक्मत थापा रहेका छन् । उहाँका अनुसार दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित