
झापा । धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उहाँले बताउनुभयो ।
“बाला निस्किने बेलामा धान कालो हुने, सुक्ने, फोहर देखिने हुन्छ”, उहाँले भन्नुभयो, “सुरुमै थाहा भयो भने औषधि छिट्दा हुन्छ, नत्र केही गर्न सकिँदैन ।” धान रोप्ने बेलामै बीउको उपचार गरिए ‘डर्टी पेनिकल’बाट बाली जोगाउन सकिने उहाँले बताउनुभयो ।
जिल्लाको भद्रपुर, हल्दिबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही स्थानमा ‘डर्टी पेनिकल’ रोग देखिएको हो । जिल्लामा लगाइएको अगुवा धानमा देखिएको यो रोगका कारण धानको दाना आधा लाग्ने, नलाग्ने हुने प्रमुख विष्टले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित