
काठमाडौँ। टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान)ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ । टुर्गानले सोमबार पर्यटक प्रहरीसँगको सहकार्यमा काठमाडौँको वसन्तपुरमा गरेको जाँचका क्रममा अनुमतिनलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको हो ।
टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र नलिएका तथा अनुमतिपत्र लिएर पनि नवीकरण नगरेका पथप्रदर्शकलाई कारबाही गरिएको जानकारी दिनुभयो । उहाँले पर्यटक पथप्रदर्शकको नलिई घुमाउने एक जनालाई पक्राउ गरी प्रहरीलाई बुझाएको बताउनुभयो ।
टुर्गानले पर्यटक प्रहरीको सहकार्यमा काठमाडौँ उपत्यकाको पशुपतिनाथ, स्वयम्भू, पाटन, भक्तपुर, वसन्तपुर दरबार क्षेत्रमा विभिन्न समयमा नक्कली पथप्रदर्शकको जाँच गर्दै आएको छ । उक्त टोलीले अनुमतिपत्र नलिएका तथा नवीकरण नगरेका पर्यटक पथप्रदर्शकलाई दुई घण्टा ‘होल्ड’ गर्ने र सचेत गराउने गरेको छ ।
हाल देशभर चार हजार नौ सय ९० व्यक्तिले पर्यटक पथप्रदर्शकको अनुमतिपत्र लिएका छन् । नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दूतको कामसमेत पर्यटक पथप्रदर्शककोे रहेकाले अनुशासित र मर्यादित भएर आफ्नो व्यापार व्यवसाय गर्न टुर्गानले सम्पूर्ण पथप्रदर्शकलाई अनुरोधसमेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित