
काठमाडौँ । काठमाडौँबाट भारतको दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम रहेको भन्ने सूचना भ्रामक रहेको खुलेको छ। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले एयर इन्डियाको २१५ नम्बरको जहाजमा बम राखिएको भन्ने सूचना भ्रामक रहेको बताउनुभयो ।
‘अहिले स्थिति सामान्य नै छ, सर्च गर्दा केही भेटिएन। अहिले जहाजमा यात्रुहरू चढाउन थालिएको छ। उडान हुँदा साँझ ६ बज्छ होला,’ उहाँले भन्नुभयो । सोमबार ९आज० उक्त जहाज काठमाडौँमा अवतरण भएपछि भारतबाट जहाजमा बम राखिएको सूचना आएको थियो।
दिल्ली उडान गर्न यात्रुहरू चढाइसकेपछि एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड सेन्टर ९ओसिआइआई० बाट बम छ भनेर कल आएको थियो। त्यतिञ्जेल १६९ मध्ये ४० जना यात्रु चढिसकेका थिए।
उक्त सूचना आएसँगै सबै यात्रुलाई ओरालेर नेपाली सेना र नेपाल प्रहरीको टोलीले बमको खोजी गरेको थियो। तर केही नभेटिएपछि पुनः उडान गर्न लागेको हो। जहाज आज अपराह्न ३ः५० बजे दिल्ली उड्ने तयारी थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजी विद्यालय संगठनद्वारा आन्दोलन थप चर्काउने घोषणा
- प्रधानमन्त्री ओलीले भोलि संसद्मा सम्बोधन गर्ने
- पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु संविधानविपरीत होइन : प्रचण्ड
- डडेल्धुरा जिप दुर्घटना अपडेट: मृतक र घाइते पहिचान खुल्यो
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित