
मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले आज ज्येष्ठ सदस्यलाई सम्मान एवं पार्टी प्रवेशीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेनले ८० वर्षभन्दा माथिका ज्येष्ठ सदस्यलाई सम्मान गर्दै समाजमा सामाजिक सदभाव कायम राख्न एवं जनताको भरोसा योग्य पार्टी बनाउन उहाँहरुको ठूलो योगदान रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘मुलुकलाई समृद्ध बनाउन पार्टीले सङ्कल्प लिएको छ ।’ अध्यक्ष लिङ्गदेनले पार्टीको मुख्य उद्देश्य देश र धर्म जोगाउनु रहेकाले पार्टीमा लाग्दा कोही कसैलाई कुनै पश्ताचाप नहुने विचार राख्नुभयो ।
उहाँले पार्टीलाई शक्तिशालीे बनाउन गाउँगाउँमा संगठन विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका महामन्त्री प्रल्हादप्रसाद साह र मोरङ अध्यक्ष गोपाल कटुवालले आगामी निर्वाचनमा पार्टीको नेतृत्वमा सरकार गठन गर्न अहिलेदेखि जनताका ज्वलन्त समस्या उठान गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा एक सय ७५ पार्टीका ज्येष्ठ सदस्यलाई सम्मान एवं विभिन्न पार्टी परित्याग गरी आउनेलाई स्वागत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो