
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पेरिस पारा ओलम्पिक २०२४ मा नेपालका लागि पहिलो पटक कास्यपदक विजेता पलेशा गोवर्धनलाई सम्मान गर्नुभएको छ ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा गोवर्धनलाई सम्मान गर्नुहुँदै उपराष्ट्रपति यादवले पलेशाले देशको नाम उच्च राख्नु भएकामा सम्पूर्ण नेपाली खुशी भएको बताउनुभयो ।
‘पलेशाले नेपालका लागि इतिहास रच्दै विश्वभरि छरिएर रहेका नेपालीलाई गौरवान्वित हुने सुनौलो अवसर प्रदान गर्नुभएको छ’ उहाँले भन्नुभयो – ‘यो ऐतिहासिक सफलता उहाँको अथक परिश्रम, दृढ सङ्कल्प, उत्कृष्ट प्रदर्शन तथा समर्पणबाटै प्राप्त भएको हो । यसका लागि पलेशालाई हार्दिक बधाइ तथा यो अद्वितीय उपलब्धि र सफलतामा महत्वपूर्ण योगदान दिने सम्पूर्ण सहयोगी, मन्त्रालय, प्रशिक्षक, खेल पदाधिकारीसहित सम्पूर्ण व्यक्तित्वलाई धन्यवाद छ ।’
उपराष्ट्रपति यादवले पलेशाको अतुलनीय योगदानले सिङ्गो नेपाल र नेपाली समाजलाई असीम गर्वको सुखानुभूति गराएको बताउनुभयो । पलेशाको सफलता उहाँको मात्र नभई सिङ्गो मुलुकको सफलता भएको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो