
बागलुङ । नेपाल विद्युत् प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा केन्द्रीय लाइन पुर्याएको छ ।
बडिगाड गाउँपालिका–१० मा बाढीले लघुजलविद्युत् बगाउँदा अन्धकारमा बस्दै आएका स्थानीयको सहजताका लागि केन्द्रीय लाइन पुर्याएको हो ।
गत साउन २२ गते आएको बाढीले क्षति पुर्याएको बडिगाड –१० दर्लिङ, निगलपानी लगायत क्षेत्रमा केन्द्रीय विद्युत् पुर्याएको विद्युत् प्राधिकरणका कार्यालय प्रमुख इन्जिनियर पवन पौडेलले जानकारी दिनुभयो । गत बुधबारदेखि अस्थायी कार्यालय सञ्चालन गरी एक सय ८२ मिटर वितरण गरिएको उहाँको भनाइ छ ।
यस क्षेत्रमा पहिले लघुजलविद्युत् आयोजनाबाट विद्युत् प्रयोग गर्दै आएकामा बाढीले पूर्ण रूपमा बगाएपछि सयौँ घरपरिवार अन्धकारमा थिए । बाढीले गाउँको धेरै स्थानमा क्षति पुर्याएको हुँदा गुल्मीको मुसिकोट, मालिका गाउँपालिका हुँदै दर्लिङमा लाइन जोडिएको प्रमुख पौडेलको भनाइ छ ।
गाउँमै पुगेर मिटर विरण गरेको केन्द्रले अतिविपन्न परिवारलाई निःशुल्क मिटरबक्स प्रदान गरेको उहाँको भनाइ छ । करिब आठ सय घरपरिवारमध्ये ३ सय ५० घरमा सेवा पुगेको र अन्य घरमा पोल मर्मतसम्भार गरिरहेको हुँदा दशैँ अगाडि लाइन पुर्याउने पौडेल बताउनुहुन्छ ।
बडिगाड गाउँपालिका–१० का अध्यक्ष वीरेन्द्र बुढामगरले एक महिनादेखि अन्धकारमा हरेका दर्लिङवासी केन्द्रीय लाइन आएपछि उज्यालो पाएको बताउनुभयो । बाढीले गाउँमा धनजनसहित भौतिक पूर्वधारमा क्षति पुर्याएको उहाँको भनाइ छ । बाढीमा परी ११ जनाको मृत्यु भएको थियो भने एकजनाको अवस्था अझै अज्ञात छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो