
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो ।
सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा आज अन्तिम नामावली प्रकाशन भइसकेको आयोगले जनाएको छ ।
आयोगका अनुसार सातवटै प्रदेशमा प्रदेशसभाका मतदाता ५ सय ४९ रहेका छन् भने स्थानीय तहका १ हजार ४ सय ९८ रहेका छन् । प्रदेशसभा सदस्यको ५३ मतभारका दरले जम्मा मतभार २९ हजार ९७ रहेको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको १९ मतभारका दरले जम्मा मतभार २८ हजार चार सय ६२ रहेको छ । दुवैतर्फ गरेर २ हजार ४७ मतदाताको जम्मा मतभार ५७ हजार ५ सय ५९ रहेको छ ।
प्रदेशगत हिसाबले कोशी प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ९३ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुखतर्फ दुई सय ७४ जना गरी तीन सय ६७ जना मतदाता रहेको छ ।
कोशी प्रदेशसभा सदस्यको मतभार चार हजार नौ सय २९ रहेको छ । पालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुख गरी पाँच हजार दुई सय ६ मतभार छ । कोशी प्रदेशमा कूल १० हजार एक सय ३५ मतभार कायम हुने उल्लेख गरिएको छ ।
त्यस्तै मधेस प्रदेशमा प्रदेशसभा सदस्यको एक सय सात, पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख दुई सय ६७ गरी जम्मा तीन सय ७४ जना मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार पाँच हजार ६ सय ७१ र पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको पाँच हजार ७३ गरी जम्मा १० हजार सात सय ४४ मतभार कायम हुनेछ ।
बागमती प्रदेशमा प्रदेशसभा सदस्यतर्फ एक सय १० तथा पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या दुई सय ३७ गरी जम्मा तीन सय ४७ जना मतदाता कायम भएका छन् । बागमतीमा प्रदेशसभा सदस्यको मतभार पाँच हजार आठ सय ३० र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतभार चार हजार पाँच सय तीन गरी जम्मा १० हजार तीन सय ३३ मतभार कायम हुनेछ ।
गण्डकी प्रदेशमा प्रदेशसभा सदस्यतर्फ ६० तथा पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फका मतदाता एक सय ७० गरी जम्मा दुई सय ३० जना मतदाता कायम भएका छन् । गण्डकीमा प्रदेशसभा सदस्यको मतभार तीन हजार एक सय ८० र पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखको मतभार तीन हजार दुई सय ३० गरी जम्मा ६ हजार चार सय १० मतभार कायम हुनेछ ।
लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यको मतदाता सङ्ख्या ८७ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या दुई सय १८ गरी जम्मा तीन सय पाँचजना मतदाता कायम भएका छन् । लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यको मतभार चार हजार ६ सय ११ र पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतभार चार हजार एक सय ४२ गरी जम्मा आठ हजार सात सय ५३ मतभार कायम हुने आयोगले जनाएको छ ।
कर्णालीमा प्रदेशसभा सदस्यको सङ्ख्या ४० छ । पालिका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक सय ५६ जना छन् । प्रदेशसभाको मतभार दुई हजार एक सय २० र पालिकाको दुई हजार नौ सय ६४ गरी कर्णालीमा जम्मा मतभार पाँच हजार ८४ हुनेछ ।
सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्यतर्फको मतदाता सङ्ख्या ५२ तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुखतर्फको मतदाता सङ्ख्या एक सय ७६ गरी जम्मा दुई सय २८ जना मतदाता कायम छन् । जसअनुसार प्रदेशसभा सदस्यको दुई हजार सात सय ५६ र पालिकाका तीन हजार तीन सय ४४ गरी जम्मा ६ हजार एक सय मतभार कायम रहेको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल