
कञ्चनपुर । जङ्गली हात्तीको बथानबाट गहुँबाली जोगाउन शुक्लाफाँटा नगरपालिका– ३ का किसान रातभर जाग्राम बस्न बाध्य भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीको बथान भगाउन स्थानीय किसान रातको समयमा खेतमै आगो बालेर जाग्राम बस्दै आएका छन् ।
झण्डै एक महिनादेखि नियमित रुपमा हात्तीको बथान स्थानीय किसानका खेतमा छिरेर गहुँबालीमा व्यापक नोक्सानी पु¥याउँदै आएको छ । हालसम्म तीस भन्दाबढी किसानको १५ बिघा खेतको गहुँबालीमा नोक्सानी गरिसकेको स्थानीयवासी महेश महराले बताउनुभयो ।
प्रत्येक दिन राति निकुञ्जबाट दशदेखि पन्ध्रको सङ्ख्यामा छावासहितको हात्तीको बथान स्थानीय किसानको खेतमा छिर्ने गरेको उहाँको भनाइ छ । गहुँबालीले पेट भरेर बिहान ४ बजेपछि हात्ती निकुञ्जतर्फ लाग्ने गरेका छन् । “हात्तीको बथान लगातार खेतमा छिर्न थालेपछि भगाउन रातभर जाग्राम बस्नु परेको छ” गोविन्द चौधरीले भन्नुभयो, “एक महिनादेखि राम्ररी सुत्न पाएका छैनौँ ।”
दश कठ्ठा जग्गामा लगाएको गहुँबाली खाएर र खुट्टाले कुल्चेर पूरै नोक्सानी पु¥याएको उहाँको भनाइ छ । “हात्ती निकुञ्जबाट खेतमा छिरेको मात्रै थाहा पाइने गरिएको छ” अर्का किसान डगौराले भन्नुभयो, “थाहा पाउँदासम्म खेतको गहुँबाली खाइसक्छ ।”हात्ती धपाउन स्थानीय बासिन्दाले पालो मिलाएर सुत्ने गरेका छन् । पटाका पड्काउँदासमेत पड्केको ठाउँतर्फ आक्रमण गर्न हात्ती आउने गरेकाले भगाउन निकै सकस रहेको उहाँ बताउनुहुन्छ ।
स्थानीयस्तरमा बन्दुक बनाई पड्काउने, उज्यालो बनाउन बत्ती बाल्ने, आगो बाल्ने, होहल्ला गर्ने गरेपछि विस्तारै निकुञ्जतर्फ हात्तीको बथान जाने गरेको उहाँको भनाइ छ । “खेतको गहुँ बेचेर घरखर्च चल्थ्यो” जीतेन्द्र चौधरीले भन्नुभयो, “वर्षभरिका लागि खान पुग्थ्यो, हात्तीले गहुँका बोटनै उखेलेर खान थालेपछि निकै तनावमा रहेका छौंँ ।”
गहुँ खेतीलाई मात्रै सिँचाइ, जोताइ, मलखाद गरी रु बीस हजार जति खर्च भएको उल्लेख गर्दै उहाँँले खेती गर्दा लागेको खर्च नउठ्दा मजदुरी गर्न जानुपर्ने अवस्था आइलागेको उहाँले बताउनुभयो । हात्ती नियन्त्रण गर्न निकुञ्ज कार्यालयलाई गुहार गरेपनि बेवास्ता गरिएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।
“किसानको गहुँबालीमा हात्तीको बथानले निकै ठूलो नोक्सानी गरेको छ” उहाँले भन्नुभयो, “किसानलाई क्षतिपूर्तिसहित हात्ती नियन्त्रणका लागि भरपर्दो उपाय गरिनुपर्छ ।” स्थानीय किसानले हात्ती नियन्त्रणका लागि साइरन जडानसँगै लाइट, सौर्यबत्ती उपलव्ध गराउनुका साथै मचान निर्माण गरिदिन निकुञ्ज कार्यालयसँग माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इजरायल र इरान युद्धको विरोधमा काठमाडौँमा प्रदर्शन
- उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न
- नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण : सञ्चारमन्त्री गुरुङ
- विनयी खोलाको डाइभर्सन बगाएपछि नारायणघाट–बुटबल राजमार्ग अवरुद्ध
- पाठकलाई साइबर ब्युरोले भन्यो - 'प्रहरी कार्यालयमा उपस्थित हुनु'
- फ्रि वाईफाईको नाममा वर्ल्डलिंकको बदमासी, नियामक निकाय मौन !
- रास्वपाका सांसदहरु निलो रिबन लगाएर संसदमा आएकोमा कांग्रेसको नियमापत्ति
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना