
हुम्ला । हुम्लाको जिल्ला स्वास्थ्य सेवा कार्यालयले एम्बुलेन्को भाडा तोकेको छ । सिमकोट, खार्पुनाथ र उत्तरी नाम्खा गाउँपालिकाका सडक पुगेका बस्तीमा सञ्चालित एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउन किलोमिटरका आधारमा भाडा कायम गरिएकाे हो ।
एम्बुलेन्स सञ्चालक समितिसहित प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले सडक पुगेका बस्तीहरुमा बिरामी ल्याउनका लागि एम्बुलेन्सको भाडा तोकेको हो ।
स्वास्थ्य सेवा कार्यालयअन्तर्गत जिल्ला अस्पतालबाट तीन गाउँपालिकाका विभिन्न बस्ती र सदरमुकामभित्र प्रतिकिलाेमिटरका आधारमा भाडा निर्धारण गरिएको कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो । सदरमुकामबाट जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमीका बस्तीबाट बिरामी ल्याउन सबैभन्दा बढी ३२ हजार रुपैयाँ भाडा तोकिएको उहाँले जानकारी दिनुभयो ।
सिंहका अनुसार सदरमुकाम तथा बजार भित्रबाट जिल्ला अस्पतालमा बिरामी पुर्याउँदा एक हजार रुपैयाँ भाडा लाग्ने छ । त्यस्तै सदरमुकामदेखि बुराउँसेसम्म एक हजार पाँच सय, ठेहे तीन हजार, बरगाउँ दुई हजार पाँच सय, दोजाम पाँच हजार पाँच सय, डाडाफया दुई हजार तीन सय, हेप्का तीन हजार, खार्पुनाथ तीन हजार छ सय, याल्वाङ नौ हजार, याङ्गार नौ हजार आठ सय, मुचु १० हजार पाँच सय, लिमाटाङ दुई हजार पाँच सय, खगालगाउँ चार हजार पाँच सय, हिल्सा ३० हजार, तुम्कोट ११ हजार, यारी १३ हजार पाँच सय, चौगनफया पाँच हजार पाँच सय, धारापोरी पाँच हजार पाँच सय, केर्मी छ हजार आठ सय, लाग्ना एक हजार पाँच सय, तोर्पा तीन हजार रुपैयाँ भाडा कायम गरिएको छ।
एम्बुलेन्सको भाडामा एकरुपता आएसँगै बिरामीका आफन्तसँग भाडाका विषयलाई लिएर हुने वादविवाद अन्त्य हुने सिमकोट–२ ठेहे गाउँका स्वास्थ्य सेवा कार्यालयका एम्बुलेन्स चालक गणेश रावलले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल