
काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले नेपाल र भारतबीच बिहिबार भएको सम्झौता रद्दगर्न माग गरेको छ । भारतीय दूतावासले २० करोडसम्मका परियोजना पालिकहरुलाई सिधै बाँड्नसक्ने सम्झौता 'राष्ट्रघाती' भएको भन्दै रद्द गर्न माग गरेको हो ।
दूतावासले २० करोडसम्मका परियोजना सिधै बाँड्न सक्ने सम्झौताले नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथि नै गम्भिर खेलबाड गरेको युवासंघका संयोजक कृष्णकुमार विश्वकर्माद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बिहिबार नेपाल र भारतबीच भएको चार बुँदे सम्झौता मध्ये स्थानियपालिकाहरुमा भारत सरकारले सिधै २० करोड रुपैयाका परियोजना संचालन गर्न सक्ने बिषय उल्लेख छ । सम्झौताको उक्त बुँदा नेपाल र नेपाली जनताको स्वाभिमानीको प्रतिकुल रहेको भन्नै युवा संघले सम्झौता रद्दगर्न माग गरेको हो । भारतसंग भएको यो सम्झौंता यथाशिघ्र रद्द गरी जनतासामु आत्मआलोचित वन्न सरकारलाई सुझाव समेत दिएको छ । अन्यथा युवासंघले सडक अन्दोलन गर्ने चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल