+

फर्किए भारतीय विदेशमन्त्री

काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री डा एस जयशंकर स्वदेश फर्किनुभएको छ  ।  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा नेपाल आउनुभएका भारतीय विदेशमन्त्री भ्रमण सम्पन्न गरी शुक्रबार  स्वदेश फर्कनुभएको हो । 

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले बिदाइ गर्नुभयो ।विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार नेपाल  आउनुभएको हो । बैठकमा विकास साझेदारीसहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा हुनाका साथै बैठकपश्चात्, भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच विभिन्न महत्वपूर्ण सहमतिपत्र÷समझदारीपत्रको आदानप्रदान भएको थियो ।

भ्रमणका क्रममा विदेशमन्त्री जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ’ तथा यहाँका उच्च राजनीतिक नेतृत्वसँग छुट्टाछट्टै भेटवार्ता गर्नुभएको थियो । ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो । दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय भेटघाट गर्ने परम्परालाई ध्यानमा राख्दै मन्त्री जयशंकरको भ्रमण भएको भारतीय पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट