
मुगु । यार्सा खोज्न मुगुका विभिन्न पाटनमा पुगेका बेला लेक लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत सामग्री प्रदान गरिएको छ ।
गैरसरकारी संस्था टेवाले यार्सा खोज्न गएका बेला बिरामी भएका २७ तथा ज्यान गुमाएका चारजनाका परिवारलाई दैनिक उपभोग्य सामग्रीका साथै लत्ताकपडा प्रदान गरेको हो ।
टेवाको मुगुस्थित साझेदार संस्था महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहीका अनुसार ५० किलो चामल, एक किलो दाल, एक लिटर खानेतेल, चार किलो नुन, चिउरा, सिरक, डसना, तन्ना, सिरानी प्रदान गरिएको हो । मृतकका परिवारलाई त्यही परिमाणमा ती सामग्रीका साथै प्रतिपरिवार १२ हजार रुपैयाँ प्रदान गरिएको छ ।
यो याममा यार्सा पाटनमा छायानाथ रारा नगरपालिका–१० का एकजना र वडा नम्बर १२ का तीनजना युवाको मृत्यु भएको छ । एक याममा एक परिवारले यार्सा बेचेर कम्तीमा ३ लाखसम्म आम्दानी गर्ने गर्छन् । पन्ध्रदेखि २० दिनसम्म यार्सा टिपेर वर्षभरिको खर्च जुटाउनुपर्ने भएकाले घर नै खाली गरेर गाउँगाउँबाट युवायुवती यार्सा पाटन पुग्ने गरेका छन् ।
यार्सा पाटनमा मृत्यु भएका तथा बिरामी परेका परिवारले अहिलेसम्म कहीँकतैबाट सहयोग नपाएको छायानाथ रारा नगरपालिका– १० की सिर्जना कुमाइले राससलाई बताउनुभयो । टेवाबाट प्राप्त सहयोगका निम्ति उहाँले आभार व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै