
काठमाडौँ । नेकपा माओवादी केन्द्रले संघीय सरकारका दुई मन्त्रीको संलग्नता रहेको भनिएको घुस डिलसम्बन्धी समाचारबारे संसद्मा प्रश्न उठाउँदै प्रधानमन्त्रीको स्पष्ट जवाफ माग गरेको छ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रकी सांसद तथा पूर्वमन्त्री रेखा शर्माले कर्मचारी सरुवामा ७८ लाख रुपैयाँ घुस डिल भएको खबर सार्वजनिक भएकाले त्यसको सत्यताबारे संसदमार्फत प्रधानमन्त्रीबाट जवाफ आउनुपर्ने बताउनुभयो।
“संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यू र भूमि व्यवस्थामन्त्रीज्यूले कर्मचारी सरुवामा ठूलो रकमको लेनदेन गरेको खबर बाहिर आएको छ। यो विषयमा के भएको हो ?,” सांसद शर्माले सभामुखमार्फत प्रधानमन्त्रीलाई प्रश्न गर्दै भन्नुभयो, “संसद्ले जवाफ पाउनैपर्छ।”
उहाँले यस विषयको गम्भीर छानबिन गरेर दोषी जो भए पनि कानुनी कारबाही गर्नुपर्ने मागसमेत गर्नुभयो।
“अन्यथा सरकारको एक वर्षको उपलब्धि नै यही घुस प्रकरण बन्नेछ,” उहाँले कटाक्ष गर्दै भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने