
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको नाम जोडिएको घुस लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि संसदमा यो विषयलाई लिएर चर्को बहस सुरु भएको छ।
प्रतिनिधिसभामा आइतबार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले उक्त अडियोमा उठेका विषयप्रति गम्भीर आपत्ति जनाउँदै छानबिनको माग गर्नुभयो ।
सांसद श्रेष्ठले कास्कीको भूमि आयोगको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालयको सरुवा रोक्न ५३ लाख रुपैयाँ घुस लेनदेन भएको अडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यसमा संलग्नहरूको पहिचान गरी कारबाही हुनुपर्ने बताउनुभयो।
उहाँले सरकारले भूमि विधेयक फास्ट ट्र्याकबाट पास गर्न खोज्नुको उद्देश्य नै आफ्ना मान्छे मिलाएर कानुन आफ्नो अनुकूल बनाउने भएको आरोप लगाउनुभयो।
"कास्कीको मालपोत कार्यालयमा कसलाई पठाउने र जिल्लाको भूमि आयोगको अध्यक्ष कसलाई बनाउने भन्ने सेटिङ, अनि त्यसपछि विधेयक पास गर्ने हतार —यसको मतलब स्पष्ट छ," उहाँको भनाइ थियो।
सांसद श्रेष्ठले अडिओमा एउटा मन्त्रीले अर्का मन्त्रीमाथि नै आरोप लगाएको तथ्यसमेत सार्वजनिक भएकाले यसमा गम्भीर छानबिन आवश्यक भएको बताउनुभयो।
उहाँको प्रश्न थियो, “अडिओमा भनिएको ‘बा’ को हुन् ? दुई तिहाइ भनेको के मिलेर भागबण्डा लगाउने हो ? यस्तो संस्कार, यस्तो शक्ति, यस्तो प्रणाली — आखिर फरक के भयो ? जनताले के पाए यी वर्षहरूमा ?”
सांसद श्रेष्ठले यो विषयमा संसदीय समिति गठन गरेर छानबिन अघि बढाउनुपर्ने स्पष्ट माग गर्नुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने