
सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ स्थित गोठिभीर क्षेत्रमा शुक्रबार बिहान अचानक सडक भत्किँदा ठूला सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय, कालीकोटका अनुसार निरन्तर परेको वर्षाका कारण सडक कमजोर बनेको र गोठिभीर क्षेत्रमा खासगरी ठूला गाडीहरूका लागि यात्रा अत्यन्त जोखिमपूर्ण भएको हुँदा तत्कालका लागि रोक लगाइएको हो।
प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले यात्रु तथा सवारी चालकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै भन्नुभयो, “अविरल वर्षाका कारण सडक भासिएको छ, यसैले यात्रा गर्दा सबैलाई विशेष सावधानी अपनाउन अनुरोध गर्दछौँ।”
वर्षा रोकिएसँगै मर्मतको काम थालिने र सडक सुचारु गर्न पहल भइरहेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री
- गायिका एलिनालाई अभद्र कमेन्ट गरेको आरोपमा एक जना पक्राउ
- सङ्घीय निजामती विधेयक प्रतिनिधि सभाबाट पारित