
रसुवा । चीनको केरुङ क्षेत्रतर्फको अविरल वर्षाले असार २४ गते बिहान करिब ३ बजे रसुवाको गोसाइकुण्ड गाउँपालिका –२ स्थित रसुवागढी क्षेत्रमा आएको भिषण बाढीले मितेरी पुल बगाएको छ । पुल बगाउँदा चीन र नेपालविचको सम्पर्क विच्छेद भएको छ ।
बाढीले रसुवागढीस्थित ईभी चार्जिङ स्टेशनमा ठूलो क्षति गरेको छ । नेपाल प्रहरीले दिएको प्रारम्भिक विवरणअनुसार करिब ८ बढी विद्युतीय गाडी बगाएको छ । त्यस्तै, रसुवा भन्सार कार्यालयको यार्ड र रसुवागढी जलविद्युत आयोजनाको ड्याममा समेत क्षति पुगेको छ।
उक्त बाढीपछिको उद्धार कार्यमा संलग्न रहँदैआएको प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा हालसम्म सम्पर्कविहीन हुनुहुन्छ । अहिलेसम्मको जानकारीअनुसार ३ जना सुरक्षाकर्मी, ९ जना नेपाली नागरिक र ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता छन्।
बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यका लागि जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक कृष्णबहादुर धितालको नेतृत्वमा २० जनाको टोली, ईलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी नायब निरीक्षक धनबहादुर तामाङको कमाण्डमा २८ जना, साथै अन्य प्रहरी चौकी तथा अस्थायी पोष्टबाट खटिएका टोलीसहित जम्मा ९४ जना सुरक्षाकर्मी परिचालन गरिएका छन्।
यसबिचमा १ नेपाल प्रहरी, १ सशस्त्र प्रहरी र ७ जना स्थानीय गरी ९ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। बाढीको प्रभाव गोसाइकुण्ड–५ को पासाङल्हामु राजमार्गको केही भाग चिरिएर धुन्चे–टिमुरे सडक पूर्ण रूपमा अबरुद्ध बनाएाके छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायहरू र स्थानीय तहको समन्वयमा उद्धार कार्यलाई तीव्र पारिएको जनाइएको छ। हाल घटनास्थलमा खोज तथा उद्धार प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने