
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुन, चाँदी, रत्न र आभूषणमा थप कर लगाउने निर्णय गरेपछि त्यसको विरोधमा व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्।
शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, र नेपाल हस्तकला महासंघको संयोजनमा व्यवसायीहरूले आज काठमाडौँको माइतीघर मण्डलाबाट नयाँ बानेश्वरसम्म विरोध र्याली निकालेका छन् । र्याली नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो।
प्रदर्शनमा व्यवसायीहरूसँगै कलिगढ र मजदुरहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले 'अत्याधिक कर हटाऊ, हाम्रो व्यवसाय जोगाऊ', जस्ता नारासहित प्रदर्शन गरेका थिए।
व्यवसायीहरूले सरकारद्वारा सुनचाँदीमा लगाइएको २ प्रतिशत विलासिता कर र रत्न तथा पत्थरमा लगाइएको १३ प्रतिशत कर फिर्ता लिन माग गरेका छन् । व्यवसायीले करबृद्धिका कारण हजारौं श्रमिकको रोजगारी संकटमा पर्ने समेत दावि गरेका छन् ।
महासंघले सरकारसँग तत्काल वार्ता गरेर समाधान खोज्न आग्रह गर्दै, माग सम्बोधन नभए संघर्षलाई अझ व्यापक बनाउने चेतावनीसमेत दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै