
रुकुम–पश्चिम । रुकुम–पश्चिमको आठबिसकोट नगरपालिका–१२ झिनचौरका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ । सोमबार राति गिजागाड खोलामा आएको बाढीले झिनचौरस्थित बगरगाउँ पुरिएपछि त्यहाँका स्थानीयलाई सोही वडाकै झिनचौरस्थित कर्णाली वेभरेज प्राली रहेको भवनमा स्थान्तरण गरिएको हो । बगरका करिब १५ घरपरिवारलाई वेभरेज प्राली रहेको भवनमा सारिएको आठबिसकोट नगरपालिका फोकल प्रसन मानबहादुर बटालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढी पीडित परिवारलाई तल्कालको लागि नगरपालिकाले खाद्यान्न उपलब्ध गराएको छ भने नेपाल रेडक्रस सोसाइटी रुकुम शाखाले कमल, म्याटलगायतका सामग्री उपलब्ध गराएको बटालाले जानकारी दिनुभयो । सोमबार राति बाढीले बगर गाउँका चारवटा अस्थायी आवास र पाँचवटा कच्ची घर गरेर नौ घर पूर्णरूपमा क्षति पु¥याएको छ । त्यस्तै एउटा कुखुरा फार्म, एउटा काष्ठ उद्योग पनि पुरिएको छ ।
बाढीकै कारण वडा नं ११ सिमबजारका १० र वडा नं ७ खारखाराका दुईवटा गरी १२ घर बाढीको उच्च जोखिमा छन् । सिमबजारका स्थानीय सुरक्षित स्थानमा सर्न थालेको छन् ।
बाढिले चार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षेति पुर्याएको छ । गिजागाड खोलामा रहेका सातवटा पानी घट्ट पनि बगेका छन् । यसैगरी बाढीका कारण नगरपालिकाका विभिन्न स्थानमा विद्युत्, ग्रामीण सडक अवरुद्ध हुनुका साथै खानेपानीका पाइपमा क्षति पुगेकाले स्थानीयलाई समस्या भएको छ ।
झिनचौरखोला, तातापानी खोला र डोेबखोलामा सोमबार राति बाढी आउँदा झिनचौरस्थित बगरगाउँमा अस्थायी आवासमा सुतिरेका बेला बाढीले घर बगाउँदा पुरिएर १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनुषा पुन र चार वर्षीया मनिषा सार्कीको मृत्यु भएको थियो । बेपत्ता हुनुभएका ३७ वर्षीय डिल्लीबहादुर बुढाथोकीको बिहानैदेखि खोजी कार्य भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै