
नवलपरासी । चितवनको भरतपुर–२९ सिमलतालमा असार २८ गते शुक्रबार बिहान आएको पहिराले बगाएर बेपत्ता दुई बसका यात्रुमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा आज थप चारवटा शव फेला परेका छन् ।
आज हालसम्म गैँडाकोट–७ गैरीमा करिब ३५ वर्षीय पुरुष, मध्यविन्दु–१२ तमासपुरमा करिब ३५ वर्षीया महिला, गैँडाकोट–१० खरखरेमा करिब ४० वर्षीय पुरुष र विनयी त्रिवेणी–७ गण्डक ब्यारेजको पुलमा करिब ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जिल्लाको नारायणी नदी किनारमा भेटिएका चारवटै शवको अनुसन्धान भइरहेको बताउनुभयो ।
पछिल्लो दिनमा जिल्लामा भेटिएका अन्य शव सिमलताल पहिरामा बेपत्ता भएकाहरूका रहेकाले यी शव पनि त्यही घटनामा बेपत्ता भएकाहरूका हुनसक्ने भन्दै आफन्तलाई बोलाएर शव पहिचान गराउने काम भइरहेको पौडेलले बताउनुभयो ।
सिमलताल पहिराले बगाएर बेपत्ता दुई बसका यात्रुको शव नवलपुरमा धमाधम भेटिन थालेपछि जिल्लास्थित नारायणी नदी किनारका सम्भावित क्षेत्रमा खोजीकार्य तीव्र पारिएको छ । हालसम्म यहाँ १४ शव भेटिएका छन् । तीमध्ये छ शवको मात्रै पहिचान खुलेको छ । अन्य आठ शवको पहिचान खुल्न बाँकी छ ।
“नवलपुरतर्फ पानीको बहाव बढी भएका कारण सिमलताल पहिराका यात्रुहरुको शव बगेर यता आउने गरेको हामीले पायौँ”, प्रहरी नायब उपरीक्षक भन्नुभयो, “कति स्थानमा बालुवाले पुरेको अवस्थामा शव भेटिएकाले हामीले त्यसैअनुसार खोजी गरिरहेका छौँ ।”
शव खोजीका लागि नवलपुरतर्फ कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटदेखि त्रिवेणीसम्म नै सुरक्षाकर्मी परिचालन गरिएको पौडेलले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै