
कास्की । यहाँको प्रमुख ग्रामीण पर्यटकीय गन्तव्य सिक्लेस र घान्द्रुकको पोखरासँग सिधा यातायात सम्पर्क विच्छेद भएको छ ।
अन्नपूर्ण गाउँपालिका-११ स्थित घान्द्रुक र मादी गाउँपालिका- १ सिक्लेस जाने सडकमा पहिरो जाँदा सडक सम्पर्क विच्छेद भएको हो । सडक सञ्चालन हुन नसक्दा गाउँमा पर्यटकीय गतिविधि प्रभावित बनेको छ ।
पोखरा–घान्द्रुक सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–१० को क्लियूमा गत असार २० गते रातिको पहिराले सडक बगाउँदा पोखरादेखि घान्द्रुकसम्मको यातायात सम्पर्क टुटेको थियो । घान्द्रुकका पर्यटन व्यवसायी किशम गुरुङले सडक अवरुद्ध हुँदा पर्यटक आवतजावत रोकिएको बताउनुभयो ।
‘पहिला वर्खायाममा पनि पर्यटक आउनुहुन्थ्यो तर अहिले बाटोका कारण सुनसान छ । बाटोको अवस्था बुझेपछि आउन चाहने पर्यटकले यात्रा रद्द गर्नुभएको छ । पर्यटकलाई मात्र होइन, गाउँलेलाई पनि आवतजावतमा समस्या भएको छ’ गुरुङले भन्नुभयो ।
घान्द्रुक विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर पदयात्राको प्रवेशद्वार हो । पर्यटकीय मौसममा घान्द्रुक हुँदै दैनिक सयौँ पर्यटक अन्नपूर्ण आधार शिविर जाने गर्दछन् । गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार पहिरोले ५० मिटर तलदेखि सडक बगाएको छ । सडक मर्मतका लागि विस्तृत प्राविधिक अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो ।
‘सडक धेरै तलदेखि खसेको छ, माथि नयाँ ट्रयाक खोल्ने ठाउँ छैन । सडक खुलाउन अप्ठ्यारो भएको छ’ प्रवक्ता गुरुङले भन्नुभयो । गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीसहित पालिकाको प्राविधिक टोली र प्रदेशको पूर्वाधार विकास कार्यालय प्रमुख शोभियत ख्डकाको टोलीले पहिरो गएको स्थानको निरीक्षण गर्नुभएको छ । वर्षा निरन्तर भइरहेको र पालिकाको स्रोतले बाटो खुलाउन सक्ने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो ।
सिक्लेसलाई पोखरासँग जोड्ने प्रमुख सडक काहुँखोला-सिक्लेस-दुधपोखरी सडकका विभिन्न स्थानमा केही दिनयता पहिरो खसेकाले सडक अवरुद्ध छ । त्यो सडकखण्डको मादी–७ हात्तीगौँडा, मादी-६ केराबारी, मादी– १ चिप्ली र खिलाङको बीच तथा पधुखोला नजिक पहिरो खसेको छ ।
मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले सडक अवरुद्ध हुँदा ग्रामीण जनजीवन प्रभावित भएको बताउनुभयो । वडा कार्यालय तथा स्थानीयवासी मिलेर सडकको पहिरो पन्छाउने गरे पनि केही दिनमै पुनःपहिरो खस्दा यातायात सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ । गुरुङले भन्नुभयो– ‘पोखरादेखि सिक्लेससम्म आइपुग्दा चार वटा सवारी परिर्वतन गर्नुपर्ने बाध्यता छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै