
काठमाडौँ । भृकुटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय थुप्रै विद्यार्थीको फुर्सदको साथी बनेको छ ।
पुस्तकालयमा राजनीति, चिकित्सा, व्यवसाय, धार्मिक, इतिहास, कृषि, कानुन सबै विषयका साथै उपन्यास, कथा, कविताका देशी तथा विदेशी किताब पढ्न पाइन्छ । पुस्तकालयमा सबै उमेर समूहका पाठक आउने गरेका छन् ।
शनिबार पनि पुस्तकालय खुल्ने भएकाले विद्यालयका विद्यार्थीको भिड हुने गर्छ । १३ वर्षदेखि वरिष्ठ लाइब्रेरियनका रुपमा कार्यरत रितेश श्रेष्ठका अनुसार पुस्तकालयमा दुई वटा शाखा छन् । जस्मा ६० हजारभन्दा बढी किताब छन् । पुस्तकालयमा विभिन्न प्रकारका किताब राखिएको छ । विद्यार्थी, व्यवसायी, धार्मिक व्यक्ति वा कुनै पनि विषयको अध्ययन गर्न रुचाउने व्यक्तिका लागि पुस्तकालय एउटा साझा ठाउँ हो ।
पुस्तकालयका लाइबे्ररियन लक्ष्मी खतिवडाअनुसार पुस्तकालयमा आउने मानिसहरु प्रायः लोकसेवा तयारीका लागि आउँछन् । साथै कलेजमा अध्ययनरत विद्यार्थीलगायत धार्मिक र इतिहासमा रुचि राख्ने व्यक्ति पनि आउने गरेका छन् । पुस्तकालयमा आएर किताब पढ्नेको सङ्ख्या बढ्न थालेपछि कहिलेकाँही बस्ने ठाउँको समेत अभाव हुने गरेको छ ।
वरिष्ठ लाइब्रेरियन श्रेष्ठका अनुसार पुस्तकालयमा कुुर्सी थप्ने र धेरैभन्दा धेरै पढ्ने ठाउँ बनाउनका लागि सञ्चालन समिति लागि परेको छ । हाल दैनिक एक सय ५० देखि दुई सय जनासम्म अध्ययनकर्ता आउने गरेका छन् ।
यो पुस्तकालय विसं २०६० देखि सञ्चालन हुँदै आइरहेको छ । पूर्वमन्त्री डा नारायण खड्का संस्थापक अध्यक्ष रहेको पुस्तकालयका सञ्चालन समितिका संस्थापक अध्यक्षमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेल हुनुहुन्छ ।
विसं २०६० सालमा पूर्वमन्त्री एंव नेपाली कांग्रेसका नेता डा खड्काको नेतृत्वमा पुस्तकालयको स्थापना भएको थियो । पुस्तकालयले हाल राष्ट्रिय सभागृहको एउटा कोठाबाट विद्युतीय पुस्तकालय सेवाका साथै पुस्तकालय विज्ञान र व्यवास्थापनबारे तीन महिने व्यावसायिक कोर्समा आधारित तालिम पनि सञ्चालन गर्दै आएको छ । पुस्तकालयको मूल उद्देश्य समाजलाई शिक्षित, सभ्य, लोकतान्त्रिक र शान्तिपूर्ण बनाउनु हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै