
काठमाडौँ । २४ घण्टामा मनसुनी विपदमा परी ७ जनाको मृत्यु भएको छ ।
मनसुन अवधिमा बाढी, पहिरो लगायतका विपदमा परी हालसम्म एक सय २० जनाको मृत्यु भइसकेको छ । गत जेठ २८ देखि आजसम्ममा उनीहरुको मृत्यु भएको हो ।
त्यस अवधिमा एक सय ३५ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २० जनाको मृत्यु भएको हो ।
काठमाडौँ उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा २९ र सुदूरपश्चिम प्रदेशमा ११ गरी जम्मा एक सय ३५ जना घाइते भएको कार्कीले बताउनुभयो ।
बाढीका कारण एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय १३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । कूल पाँच सय ८१ वटा पशुचौपायको मृत्यु भएको छ ।
त्यस अवधिमा विपद्का घटनाबाट ३ हजार ६ सय ५२ घर परिवार विस्थापित भएका छन् । साथै बाढीपहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएको धनमाल निकालेर सुरक्षा गर्ने र सडकमा भएका अवरोध हटाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै