+

धनुषा अदालतमा स्वचालित पेशी

धनुषा । धनुषा जिल्ला अदालतले आजदेखि स्वचालित पेशी प्रणाली लागू गरेको छ ।  

अदालतले जनकपुरधाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा शीघ्र न्याय सम्पादनका कार्य पूरा गर्न स्वचालित पेशी प्रणाली लागू गरिएको न्यायाधीश चुडामान खड्काले बताउनुभयो । यसअघि, सर्वोच्च तथा उच्च अदालतमा स्वचालित पेशी प्रणाली लागू भइसकेको छ । साथै आजदेखि  पारिवारिक इजलास सञ्चालन भएको उहाँले बताउनुभयो ।

अदालतले पुराना मुद्दा चालु आर्थिक वर्षभित्रमा फछ्र्यौट गरेर अर्को आर्थिक वर्षमा त्यसलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । धनुषा जिल्ला अदालतमा आव २०८०८१ मा जिम्मेवारी सरेर आएकामध्ये ३ हजार  १ सय ८४ र नयाँ दर्ता भएकामध्ये ९ हजार ९ सय ९१ मुद्दा फछ्र्यौट भएका छन् । 

जिल्ला अदालतमा सबैभन्दा बढी देवानी मुद्दाअन्तर्गत लेनदेन मुद्दा फछ्र्यौट गर्न बाँकी छ । लेनदेन मुद्दाको सङ्ख्या १ हजार  ९ सय २७, अंश मुद्दा १ हजार ९९ र बैङ्किङ कसुरसम्बन्धी १ सय १० मुद्दा परेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट