
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजै राष्ट्रपति भवन, शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओलीले लैनचौरस्थित शहीद पार्कमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को कार्यालयमा जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण गरेपछि प्रधानमन्त्री ओलीले सिंहदरबारमा कार्यभार सम्हाल्नुभएको हो ।
प्रधानमन्त्री ओली कार्यालय प्रवेश गर्दा नेपाल सरकारका निमित्त मुख्यसचिव लीलादेवी गड्तौला, सचिवलगायत उच्चअधिकारीहरूले उहाँलाई स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको पद बहाली–निर्णयबारे उहाँको सचिवालयले छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा ९एमाले० को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई यही आइतबार मुलुकको ४५ औँ प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण