
काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्ति कानुनसम्मत नभएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएर शपथ लिएपछि त्यसलाई बदर गर्न माग गर्दै सर्वोच्चमा आजै रिट परेको हो । ओलीलाई प्रधानमन्त्री नियुक्तविरुद्ध अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले रिट दायर गर्नु भएको हो । रिटबारे साउन ६ गते सुनुवाइ हुने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) अनुसार आइतबार प्रधानमन्त्री नियुक्त गर्नु भएको हो । रिटमा यसअघि संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि पदमुक्त भएकाले अब धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन हुनुपर्ने माग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण