
धादिङ । धादिङको उत्तरी क्षेत्रस्थित गङ्गाजमुना गाउँपालिका–१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ । आइतबार रातिको वर्षातसँगै आएको पहिरोले गाउँ जोखिममा परेको हो ।
गाउँमुनिबाट शुरु भएको पहिरोले करिब २० घर जोखिममा परेको स्थानीय पूर्ण तामाङले जानकारी दिनुभएको छ । “चारैतिरबाट पहिरोले घेरेको छ । गाउँभन्दा मुनिबाट जताततै छियाछिया बनेको छ । एउटा घरको शौचालय बगिसक्यो”, उहाँले भन्नुभयो, “गएराति १२ बजेतिर पानी पर्र्यो, घरसम्मै पहिरो आइपुगेपछि गाउँका कोही सुत्न पाएका छैनौँ ।”
मकैबारीको भित्रभित्रै चिरा परेको छ । गाउँमा बजारको जस्तै सबै जोडिएको झुरुप्प परेका घरहरु छ । एउटा भत्किने बित्तिकै सबै भत्किने खालको घर छन् । पहिरोको मुखमै परेको नोर्बु लामासहित तीन÷चार परिवारले राति नै घर खाली गरेको पूर्णलेले जानकारी दिनुभयो ।
उहाँका अनुसार बस्तीभन्दा तल्लो भागबाट बारीका गरा भासिन थालेका छन् । जमिन चिरा परेर बग्न थालेको छ । पहिरो झर्ने सङ्केत देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् । पहिरो झर्न थालेको भागमा बिजुलीको खम्बा समेत रहेकाले झन खतरा बढेको जनाइएको छ । अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ सार्ने तयारी गरिरहेको स्थानीयले बताएका छन् ।
किचेत गाउँमा विशेष गरी तामाङ समुदायको बसोबास छ । त्यो गाउँ जिल्ला सदरमुकाम धादिङबेँसीबाट करिब ५५ किलोमिटरको दूरीमा छ । बर्खा लागेपछि त्यस स्थानमा पुग्न यातायात सेवा समेत अवरुद्ध हुने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण