
चितवन । शुक्रबार बिहान चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसका यात्रुमध्ये हालसम्म पाँच यात्रुको शव सनाखत भएको छ । खोजी र उद्धारमा संलग्न सुरक्षा टोलीले थप ६ वटा शव भेटाए पनि ती शव बसकै यात्रीको भए नभएको पुष्टि भइसकेको छैन ।
चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार दुवै बसमा गरेर ६५ जना यात्री रहेका थिए । जसमध्ये तीनजना यात्रु सकुशल रहेका छन् । दुर्घटनास्थलमा शुक्रबार बिहानैदेखि गोताखोरसहितको टोली उद्धार र खोजीमा सक्रिय भए पनि बस भेटिएको छैन ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार घटनास्थलभन्दा धेरै पर त्रिवेणीसम्म शव भेटिएका छन् । दुवै बसमा गरेर ९ जना भारतीय यात्रु थिए । ३ जना भारतीय यात्रुको शव भेटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण