
काठमाडौँ । नेकपा एमालेले सरकारमा जाने ८ जना मन्त्रीको टुंगो लगाएको छ। एमालेले पाएका ८ मन्त्रालयमध्ये सोमबार बिहानसम्म सबै मन्त्रीको टुंगो लागेको हो
एमाले उपाध्यक्ष विष्णु पौडैल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, दुईजना सचिव योगेश भट्टराई र छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय सदस्य विद्या भट्टराईलाई मन्त्री बनाउने तयारी रहेको स्रोतले बताएको छ ।
त्यस्तै केन्द्रीय सदस्य जुली महतो र दामोदार भण्डारीलाई पनि मन्त्री बनाउने तयारी छ। भण्डारी यसअघि पनि मन्त्री हुनुहुन्थ्यो ।
पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनाउने तयारी छ । पौडेल यसअघि २०७२ र २०७४ मा अर्थमन्त्री बन्नुभएको थियो ।
एमालेबाट मन्त्री बन्ने अन्यको मन्त्रालय भने टुंगिसकेको छैन। एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला, शिक्षा, भूमि व्यवस्था, सञ्चार तथा सूचना प्रविधि र उद्योग मन्त्रालय पाउने सहमति भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे शपथ ग्रहण गर्नेछन्। उहाँको शपथसँगै मन्त्रीहरूको सपथ पनि गराउने तयारी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण