
काठमाडौँ । नेकपा एमालेको नेतृत्वमा सत्ता यात्राको तयारी गरेसँगै नेपाली कांग्रेसमा मन्त्री बन्न तछाड-मछाड शुरु भएको छ ।
कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्न छनोट मापदण्ड समेत बनाएको छ । कांग्रेसको शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने मापदण्ड बनाएको हो ।
मापदण्ड बनाएपछि कांग्रेसले गठबन्धनमा आफ्नो भागमा परेको मन्त्रीहरु सकेसम्म एकैपटक टुंगो लगाउने प्रयास गरेको छ । तर कांग्रेसमा मन्त्रीको लागि दुई खेमाबीच खिचातानी हुँदा सकस भएको छ । गठबन्धनमा कांग्रेसको भागमा एक उपप्रधानमन्त्रीसहित १० मन्त्रालय परेको छ । त्यसमा शेखर कोइराला–गगन थापा समूहले कम्तीमा ४ मन्त्री माग्ने भएको छ।
विशालनगरस्थित कोइरालाको सचिवालयमा आज बसेको बैठकले कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने माग गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीका अनुसार समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।
बैठकमा नेता कोइरालासहित गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी हुनुहुन्थ्यो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा कांग्रेसले गृह, परराष्ट्र, पयटन र कृषि लगायतका १० मन्त्रालय पाउने सहमति भएको छ । स्रोतका अनुसार ओली सरकारमा कांग्रेसबाट पूर्वमहामन्त्री प्रकाशमान सिहले नेतृत्व गर्नुहुनेछ । सभापति शेरबहादुर देउवाले ओली सरकारमा प्रमुख सचेतक रमेश लेखकलाई गृहमन्त्री बनाउन चाहनुभएको छ । गठबन्धन सरकारमा सभापति देउवाले पत्नी डा आरजू राणालाई परराष्ट्रमन्त्री बनाउन चाहनुभएको स्रोतको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण