
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई यात्रुवाहक बस र त्यसमा बेपत्ता यात्रुको खोजी तीब्र पारिएको छ । नेपालका नदीमा खोजतलास गर्नसक्ने अन्तर्राष्ट्रिय तालिम प्राप्त गोताखोर र प्रविधिको प्रयोगगरी खोजतलास भइरहेको हो ।
सशस्त्र प्रहरी बल नेपाल एवं विपद् तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधव पौडेलका अनुसार बङ्गलादेशबाट तालिम प्राप्त १० जना गोताखोर परिचालन गरिएको छ । गोताखोरसँगै एक सय जनाको शिक्षालयका सशस्त्र प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर तीन गढिमाइ बाहिनी मुख्यालय मकवानपुरका वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी तीर्थ पौडेलले एन्कर (फलामे हुक) , वाटर ड्रोन (सोनार), पाइप इन्स्पेक्सन स्वेर क्यामरालगायत आधुनिक उपकरणको प्रयोग गरी खोजी कार्य भइरहेको बताउनुभयो ।
‘नदीको धमिलो र बगिरहेको पानीमा गोताखोरले आधुनिक उपकरणको प्रयोग गरी खोजी गरिरहेका छन्’ उहाँले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय रुपमा समुन्द्रको सफा पानीका लागि तयार पारिएका उपकरण धमिलो पानीमा प्रभावकारी नहुने भएकाले सोहीअनुसारका उपकरण प्रयोग गरिएको छ ।’
यसअघि त्रिशूलीमा खसेको गाडी खोजतलासका लागि बङ्गलादेशबाट गोताखोर आएको भएपनि बगेको धमिलो पानीमा काम गर्न सहज नभएको भन्दै वरिष्ठ उपरीक्षक पौडेलले अहिले जुन जनशक्ति र प्रविधि प्रयोग भएको छ यत्तिको प्रविधि अन्यत्र नभएको दाबी गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्लास्थित सुरक्षाकर्मी एवं सशस्त्र प्रहरी बल, विपद् तालिम शिक्षालय र नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौलीलाई खोज तथा उद्धारमा परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नदी र वरपर बेपत्ता बस यात्रीको खोजी गर्न अधिकतम प्रयास गरिरहेका छौँ ।” गृहसचिवसहित सुरक्षा निकायका प्रमुख यहाँ आउन लाग्नुभएको जनाउँदै भन्दै उहाँले स्थानीय प्रशासनका तर्फबाट सम्पूर्ण प्रयार र जनशक्ति परिचालन गरिएको बताउनुभयो ।
हालसम्म तीन वटा शव फेला परेका छन् । असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर २९ नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नम्बरको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण