
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री बन्नु हुने भएको छ ।
ओली प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमालेको सहकार्यमा प्रधानमन्त्री बन्न लाग्नु भएको हो । राष्ट्रपति कार्यालयले एमाले अध्यक्ष ओलीलाई आजै प्रधानमन्त्री नियुक्ति र शपथको तयारी गरेको छ । राष्ट्रपति कार्यालयले ओलीलाई बेलुकी ५ बजेपछि प्रधानमन्त्री नियुक्त गरेर शपथ गराउने तयारी गरेको छ ।
राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीको शपथको तयारी गर्न मातहतका निकायलाई पत्राचार गरिसकेको छ । राष्ट्रपति कार्यालयका उपसचिव हिमाल गौतमले भद्रकालीस्थित नेपाली सेनाको जंगी अड्डालाई बोधार्थ जनाउँदै प्रधानमन्त्रीको शपथको तयारी गर्न शीतल निवासमा रहेको सुरक्षा तथा समारोह व्यवस्था कार्यालयलाई पत्रचार गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।
एमाले अध्यक्ष ओली यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी ३ पटक प्रधानमन्त्री भइसक्नुभएको छ । लोकतन्त्र प्राप्तिको सङ्घर्षमा लाग्नुभएका उहाँले लामो समय निरङ्कुश पञ्चायती शासन व्यवस्थामा कारबास भोग्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण