
काठमाडौँ । पश्चिम नेपालको कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ भएको वर्षाबारे जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्न लागेको छ ।
विभागले आजै त्यसतर्फ विज्ञसहितको टोली अध्ययनका लागि खटाएको छ । विभागका वरिष्ठ मौसमविद् इन्दिरा कँडेलको नेतृत्वमा आजै टोली कञ्चनपुर गएको हो ।
कँडेलका अनुसार त्यहाँको वर्षा मापन केन्द्रको अवस्था, वस्तुस्थिति तथा प्राविधिक पक्षको अध्ययन गरिनेछ । कतिपय अवस्थामा वास्तविकतामाथि प्रश्न उठेकाले वास्तविक के कस्तो हो ? यन्त्र उपकरण ठीक छ छैन ? लगायत सबै विषयमा अध्ययन गरिने उहाँले बताउनुभयो ।
अध्ययनका क्रममा त्यस क्षेत्रको क्षतिको अवस्थासहित स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय तथा सरकारी अधिकारीसँग जानकारी लिइने जनाइएको छ । पानीपर्दाको अवस्थामा स्थानीयको अनुभव लिइनेछ ।
कञ्चनपुरको दोधारा, हनुमाननगर र सुन्दरपुर क्षेत्रमा असार २३ र २४ गते परेको मुसल्धारे वर्षाले ७८ वर्षकै रेकर्ड ब्रेक गरेको थियो । त्यहाँ विभागले स्वचालित वर्षा मापन केन्द्र स्थापना गरेको छ ।
त्यस क्षेत्रमा २००३ सालयताकै बढी वर्षा मापन भएको थियो । विभागबाट प्राप्त विवरणअनुसार दोधारामा ६ सय २४ मिलिमिटर, हनुमाननगरमा ५ सय ७३ दशमलव ६ मिलिमिटर तथा सुन्दरपुरमा ५ सय ५५ दशमलव ८ मिलिमिटर वर्षा मापन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण