
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चारमाध्यमले निष्पक्ष रुपमा जनतालाई सही सूचना सम्पे्रषण गर्नुपर्ने बताउनुभएको छ ।
सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको १३ औँ स्थापना दिवसका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले सञ्चारकर्मी दलगत भावनाबाट मुक्त भई समाजलाई सही बाटोमा डो-याउनतर्फ लाग्नुपर्ने बताउनुभयो । सञ्चारकर्मीले मुलुकको लोकतन्त्र स्थापना गर्न तथा प्रत्येक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो ।
‘समाचार पस्किदा पत्रकारहरु संवेदनशील हुनुपर्छ’ मुख्यमन्त्री कार्कीले भन्नुभयो । त्यस अवसरमा उहाँले १० हजार राशिको मीनादेवी श्रेष्ठ श्रमजीवी पुरस्कारबाट जुनु भट्टराईलाई, २१ हजार राशिको मेम्बर चन्द्रलाल–लाल दुर्गादेवी श्रमजीवी पुरस्कारबाट नवीन कर्णलाई, ५० हजार राशिको ओमप्रकाश गोयल आर्थिक पुरस्कारबाट सुशीला पाठकलाई तथा ५१ हजार राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता पुरस्कारबाट मोहनप्रसाद भण्डारीलाई सम्मान गर्नुभयो । दिनबन्धु गोयलले ती पुरस्कारको स्थापना गर्नुभएको हो ।
त्यस अवसरमा सहकारी संस्थाका अध्यक्ष दीपक दाहाल, प्रदेश सहकारी संस्थाका रजिष्ट्रार हरिबहादुर खत्री र सम्मानित व्यक्तित्व भण्डारीले सम्मानबाट समाजमा पछाडि परेका जनताको उत्थानमा लाग्न प्रेरणा मिलेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण