
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त हुनुभएका मुकुल ढकालले सभापति रवि लामिछानेमाथि छानविन गर्न माग गर्नुभएको छ । पार्टीले कारबाही गरेपछि आज पत्रकार सम्मेलन गरेका ढकालले पार्टी सभापति लामिछानेमाथि प्रश्न उठाउनुभएको हो ।
१९ गतेको बैठकमा मुखमा कालो टेप लगाएर बस्नु आफ्नो कमजोरी भएको हुनसक्ने उहाँको धारणा छ । तर त्यसपछि बैठक स्थगित गरेर आफूसँग संवाद गर्नुका साटो बैठक राख्नु पनि कमजोरी भएको उहाँले बताउनुभयो । त्यसपछि पनि आफूले सभापतिसँग संवाद गर्न खोजे पनि नमानेको ढकालले दाबी छ ।
सभापति लामिछानेप्रति निकै असन्तुष्ट देखिएका ढकालले सहकारी ठगी प्रकरणमा छानविन गर्न माग गर्नुभयो । पछिल्लो पटक सर्वोच्च अदालतले नै लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनिसकेको भन्दै उहाँले भन्नुभयो, ‘यसमा रास्वपाको धारणा के छ ? पार्टीले स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।’
उहाँले लामिछानेको पासपोर्ट प्रकरणबारे पनि पार्टीले छानबिन गर्न माग गर्नुभएको छ । यो मुद्दामा उहाँ दोषी ठहर भए भोलिका दिनमा चुनाव नै लड्न नपाउने भन्दै उहाँले भन्नुभयो, ‘यो पार्टी जीवनसँग जोडिएकाले उच्चस्तरीय छानबिन गर्नुपर्छ ।’
जनताको कुरा बोल्दा कारबाही गरेको भन्दै उहाँले आगामी महिना प्रस्ताव यात्रा शुरु गर्ने र कसरी जाने ? भनेर जनतालाई सोध्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण