
झापा । भारी वर्षासँगै विभिन्न खोला, नदीमा आएका बाढीले झापाको जनजीवन प्रभावित भएको छ ।
बाढी पसेर कटान र डुबान भएका बस्तीका सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पछिल्लो समय कन्काईमा आएको बाढीले गौरीगञ्ज गाउँपालिका–१ को टप्पु बस्ती र झापा गाउँपालिकाको सुगाबथानका ५१ घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् ।
झापा गाउँपालिका र गौरीगञ्ज–१ मा यस वर्ष बाढीले तीन जनाको मृत्यु भएको छ । एक बालक बेपत्ता छन् । झापा गाउँपालिका–२ स्थित सानो माई खोलामा डुबेर सोमबार एक बालकको मृत्यु भएको हो ।
सोमबार दिउँसो खोलामा खेल्ने क्रममा डुबी घाइते भएका झापा गाउँपालिका–२ का रहमान आलम मियाका तीन वर्षीय छोरा दिलसाद आलम मियाको उपचारको क्रममा कन्काई अस्पताल सुरुङ्गामा मृत्यु भएको हो । यसअघि सोही ठाउँका एक जना र गौरीगञ्ज–१ का एक जनाको मृत्यु भइसकेको छ । गौरीगञ्ज–१ का १२ वर्षीय बालक कमल बनियानी खोलामा डुबेर दुई साता अघि बेपत्ता भए पनि फेला परेका छैनन् ।
त्यसैगरी रतुवा खोलामा आएको बाढीले कमल गाउँपालिका–६ खयरबारीमा कटान गरेको छ । आज कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, नेपाल रेडक्रस सोसाइटी कमल उपशाखाका सभापति चन्द्र साह, सचिव पारसमणी राईसहित रेडक्रसकर्मीको टोलीले प्रभावित क्षेत्रको स्थलगत जानकारी लिनुभयो ।
खयरबारी क्षेत्र विसं २०५० अघिदेखि रतुवा खोलाको कटानका कारण जोखिममा छ । रतुवाका कारण २० वर्षअघिदेखि विस्थापित भएका बाढी पीडित परिवारलाई तत्काल वैकल्पिक बसोबासको व्यवस्था मिलाइए पनि स्थायी बसोबासको व्यवस्था गर्न सकिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण