
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समितिले बुधबार पीडितहरुसँग छलफल गर्ने भएको छ। सिंहदरबारमा मंगलबार बसेको बैठकले भोलि पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो।
सहकारीका पीडितहरुसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने निर्णय गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिनुभएको छ ।
‘भोलि हामीले पीडितका प्रतिनिधिहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्नेछौं। २९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमूलक पीडितहरुलाई बोलाएका छौं,’ उहाँले भन्नुभयो, ‘सबै पीडितहरु बोलाएर छलफल गर्न सम्भव हुन्न। हामीले विभिन्न संघर्ष समितिका रुपमा, व्यक्तिगत रुपमा अनेक हिसावले सहकारीबाट पीडित रहेका पीडितहरुको कुरा सुन्ने कार्यक्रम बनाएका छौँ ।’
विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरुसँग छलफल गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण