
नवलपुर । गैँडाकोट हाफ म्याराथन उपाधि नेपाली सेनाका धावक राजन रोकायाले जित्नुभएको छ । गैँडाकोटमा आयोजना गरिएको हाफ म्याराथनको २१ किलोमिटर दूरी उहाँले एक घण्टा तीन मिनेट पाँच सेकेण्डमा पूरा गर्दै उपाधि जित्नुभयो । विजेता रोकायालाई एक लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
गैँडाकोटको विजय फाउण्डेशनले आज आयोजना गरेको प्रतियोगितामा नेपाली सेनाकै धावक नरेन्द्र सिंह रावत दोस्रो हुनुभयो । रावतले निर्धारित दूरी एक घण्टा तीन मिनेट ३० सेकेण्डमा पूरा गर्दै ५० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
प्रतियोगितामा निर्धारित दूरी एक घण्टा पाँच मिनेट ५२ सेकण्डमा पूरा गर्दै काठमाडौँ धापासीका अजितकुमार यादव तेस्रो हुनुभयो । यादवले २५ हजार रुप्ैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटाले जानकारी दिनुभयो । त्यस्तै महिलातर्फ हाफ म्याराथनमा सशस्त्र प्रहरी बलकी सीमा चौधरी पहिलो हुनुभएको छ ।
निर्धारित दूरी एक घण्टा २७ मिनेट १४ सेकेण्डमा पूरा गर्दै महिलातर्फ पहिलो हुनुभएकी चौधरीले रु २५ हजार रुपैयाँका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको सापकोटाले बताउनुभयो । हाफ म्याराथनमा सहभागीमध्ये उत्कृष्ट हुने (एक घण्टा १३ मिनेट ५८ सेकेण्डमा दूरी पार गर्ने) थप सात जनालाई समेत नगद ५ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको अध्यक्ष सापकोटाको भनाई छ ।
प्रतियोगितामा २ सय ५० जनाले सहभागिता जनाएका थिए । निर्धारित दूरी पूरा गर्ने सबै धावकलाई मेडल प्रदान गरिएको सापकोटाले जानकारी दिनुभएको छ ।
गैँडाकोट हाफ म्याराथन अन्तर्गत विद्यार्थीमैत्री पाँच किलोमिटर दौड प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का प्रेमलाल कोहार पहिलो हुनुभएको छ । कोहारले निर्धारित दूरी १५ मिनेट १९दशमलव ७८ सेकेण्डमा पूरा गर्दै र १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितामा १५ मिनेट ३६ दशमलव ६६ सेकेण्डमा दूरी पार गर्दै तनहुँ ऋषिङका अमृत विक दोस्रो हुनुभयो । विकले ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
प्रतियोगिताको दूरी १५ मिनेट ५५ दशमलव ३७ सेकेण्डमा पूरा गर्दै काठमाडौँ चन्द्रागिरिका अनुज महत तेस्रो हुनुभएको छ । उहाँले ३ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितामा १ सय ८० जना विद्यार्थीको सहभागिता थियो ।
हाफ म्याराथन र विद्यार्थी मैत्री दौडका विजेताहरुलाई गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी, विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटा, अन्तर्राष्ट्रिय धावक वैकुण्ठ मानन्धरलगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
त्यस अवसरमा नगरप्रमुख अधिकारीले खेलकुदका माध्यमबाट व्यक्ति स्वस्थ हुनुका साथै राष्ट्रको नाम विश्वसामु चिनाउन मद्दत गर्ने बताउनुभयो । गैँडाकोट नगरपालिकाले खेलकुदको क्षेत्रमा लगानी गरेको भन्दै नगरको लगानीबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्ण सापकोटाले विजय फाउण्डेशनको आयोजनामा हरेक वर्षको पुस १५ गते हाफ म्याराथनको आयोजना गरिने जानकारी दिनुभयो । आगामी वर्षबाट म्याराथनलाई थप परिस्कृत गर्दै लैजाने सापकोटाको भनाइ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विनयी खोलाको डाइभर्सन बगाएपछि नारायणघाट–बुटबल राजमार्ग अवरुद्ध
- पाठकलाई साइबर ब्युरोले भन्यो - 'प्रहरी कार्यालयमा उपस्थित हुनु'
- फ्रि वाईफाईको नाममा वर्ल्डलिंकको बदमासी, नियामक निकाय मौन !
- रास्वपाका सांसदहरु निलो रिबन लगाएर संसदमा आएकोमा कांग्रेसको नियमापत्ति
- प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै मुस्ताङ
- वर्षाका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री